पुष्कल शर्माको मृत्यु ? दर्शकश्रोता भ्रमित । कोमल वली, पुरुषोत्तम जस्ता चर्चित कलाकार र अनलाईनकर्मी चुके [भिडियो सहित]
रञ्जन अधिकारी/मज्जाको न्युज २४ भदौ, पोखरा । मान्छे डराउँछ । मृत्युसँग झनै डराउँछ । मान्छेले आपसमा कुराकानीकै क्रममा मृत्युबारे बोले पनि के अशुभ बोलेको ? सरस्वतीले बास गर्ने समय परेमा अनिष्ट हुन्छ भनिदिन्छन् । त्यसैले मृत्यु बारेमा बोल्दा झनै डराउँछन् अशुभको भयले ।
तर लोक स्रष्टा पुष्कल शर्मा अरुभन्दा भिन्न छन् । यसअघि पनि आफैले लेख्ने, भाका हाल्ने र गाउने गर्दै आएका पुष्कलले निराशावादी र विछोडका गीतहरु लेख्दै, गाउँदै आएकै हुन् । अरुभन्दा ‘युनिक’ हुन मन पराउने पुष्कल शर्माले वर्षौअघि ‘मेरो आयु छोटो छ रे’ भन्ने गीत निकालेका समेत थिए । यसअघि ‘कालीगंगा’ गीतको भिडियोमा चित्तामै चढेको अभिनय गरेका थिए । अहिले मुटु जलाई-जलाई भाग ३ को ‘मलामी’ बोलको गीत; भिडियोसाथ शुक्रबार नै सार्वजनिक गरे । आफू मरेपछि के होला ? भन्ने सोचेर सोहि अनुसार भिडियो तयार पारे । तर विभिन्न अनलाईनले साँच्चै मोटरसाईकलमा परी निधन भएको हेडलाईनमा समाचार बिकाए । यसले दर्शक श्रोता भ्रममा परे । उनको मनोरञ्जनात्मक क्षेत्र र आफ्नो समाचार क्षेत्रबारे ति अनलाईन चलाउने पत्रकार भन्नेहरुले बुझेनन् वा आचारसंहिता केहि थाहा नपाई स्वघोषित मिडियाकर्मी भन्न रुचाउनेहरुले अनलाईन न्युज पोर्टल सञ्चालन गरे; अहिले सम्पूर्ण पत्रकारले त्यस हर्कतको गाली खाईरहेका छन् । अनलाईन भनेको यो समयको एक महत्वपूर्ण सञ्चारमाध्यम भएकाले भिडियोमा गरिएको नाटक जस्तै शीर्षकमै नाटक नै भएको खुल्ने गरी लेख्न भने अनिवार्य थियो ।fake
पुष्कलले फोन नलाग्ने ठाउँ आफ्नो जन्मघर पाल्पा रहेको फेसबुकमार्फत स्पष्ट पार्दै सपनामा सम्झिएको रुपमा भिडियो तयार पारेको प्रष्टोक्ति दिएका छन् । उनले दर्शक श्रोताको यस्तो मन दुख्ने महसुस नगरेको भन्दै यसले पर्न गएको चोटप्रति क्षमायाचना पनि गरेका छन् । लाईभ शोमा पनि फिमेल मोडलसँग नाटक गर्दै प्रस्तुति दिने पुष्कलले नाटक नै गरेका थिए । उनले आफूले हिट हुने उद्देश्यले यो हर्कत नगरेको फेसबुकमा भनेका छन् ।
दर्शक श्रोता झुक्किने मुख्य कारण नै ख्यातिप्राप्त कलाकार तथा समाचारवाचिका कोमल वलीले पुष्कलको जीवनी भन्दै कार्यक्रम चलाईरहेकी छिन् । पुरुषोत्तम न्यौपाने, रमेश विजी, खड्ग गर्बुजा, कुलेन्द्र बिक र राजु ढकाल जस्ता चर्चित सर्जक गायकले पुष्कल शर्माजस्ता मान्छेको निधनले लोक संगीत क्षेत्रमा अपुरणीय क्षति पुगेको भिडियोमा भनेका छन् । यसले पनि यति ठुला ‘गायक’ हरुले ‘नायक’ जस्तो अभिनय गरेपछि भ्रममा परेका हुन् । भिडियोको अन्त्यमा भने पुष्कलले सपना भनेका छन् ।
अनलाईनमा आएका प्रचारबाजी र भिडियो अन्त्यसम्म नहेरी नबुझिने भएकाले यसलाई पुष्कलले हिट हुने रणनीति वा फरकपन देखाउने उद्देश्य हुनसक्छ । उनकै नामको युट्युब अकाउण्टबाट हालिएको सो भिडियो पहिलो दिन नै यो समाचार तयार गरिरहँदा २२ हजार पटक हेरिसकिएको छ । अधिकांशले साँच्चै ठानेर श्रद्धान्जली दिएका छन्, त्रसित भएको प्रतिक्रिया दिएका छन् ।

Loading...