Latest Updates :

देशमा राजतन्त्र फर्काउने चलखेल भइरहेको छ यसमा सचेत बनौ : नेता भण्डारी

SHARE THIS POST :

 धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले राजतन्त्र फर्काउने चलखेल सुरु भएकाले यसमा सचेत हुन जरुरी रहेको बताएका छन । अनेरास्ववियु क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति धनकुटाले धनकुटा बहुमुखी क्याम्पसमा गरेको विद्यार्थी जागरण अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रममा बोल्दै भण्डारीले त्यस्तो बताएका हुन । क्रान्तिकारी एकतालाई सुदृढ गर्दै व्यापक रुपमा संगठन विस्तार गर्नुपर्ने बताउँदै पूर्व सभासद समेत रहेका भण्डारीले काङ्ग्रेस, एमाले संघीयता बिरोधि भएकोले माओवादी केन्द्र भन्दा बाहिर रहेर देशको परिवर्तन सम्भव नभएको बताएका छन । आफैबाट सुरु भएर देश बदल्नु पर्ने त्यसमा विद्यार्थीबाट यो कार्यको सुरुवात हुनुपर्ने उनको भनाइ छ ।
सो अवसरमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङ, केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेत, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर एकका इन्चार्ज चिरञ्जीवी लामिछाने, केन्द्रीय सचिव तथा विद्यार्थी जागरण अभियानका धनकुटा इन्चार्ज लक्ष्मी प्रधान र केन्द्रीय सचिवालय सदस्य तथा धनकुटा इन्चार्ज हेमचन्द्र किराँतीले राजनीतिक उपलब्धि संस्थागत गर्न विद्यार्थी सक्रिय हुनुपर्ने भन्दै समयसँगै सबै माओवादी एकता हुन जरुरी रहेको बताएका थिए ।

अनेरास्ववियु क्रान्तिकारी धनकुटा सम्मेलन आयोजक समितिका संयोजक इन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियु क्रान्तिकारी एक नम्बर प्रदेश जनजाति इन्चार्ज सत्यदिप राईले राखेका थिए भने कार्यक्रमको सञ्चालन अनेरास्ववियु क्रान्तिकारी धनकुटा सचिव पदम रखालले गरेका थिए ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger