हे नेपाल आमा, म तिम्रो सन्तान हैन र ?
सार्वजनिक चासो
–अरुण झा
अब छिट्टै नै तिम्रो माया गर्ने व्यवहार मा परिवर्तन हुँदैछ र तिमीले मलाई आफु भन्दा टाढा पुर्याउन खोज्दै छौ, भनेर सबैले मलाई भन्दै छन् ?
तर मलाई पुरा विश्वास छ कि तिमीले मलाई पहिलेको जस्तै माया गरि राख्ने छौ, जसरि म तिमीलाई गरि राख्नेछु ।
मेरै दाजुभाई दिदिबहिने ले मलाई सौतेनी बनाउने जुन कूचेस्टा गर्दैछन् । त्यसले मेरो मन एकदमै दुखिरहेको छ । आमा तिम्रो सन्तान आज एकदमै असहाय भएको छ । आमा मलाई तिम्रो काख जीवनभरिकै लागि चाहिएको छ । मलाई किन तिम्रो काखबाट टाढा पुर्याएर सौतेनी बनाइदैंछ ? न त मलाई कुनै मन्त्री बन्नु छ, न प्रधानमन्त्री, न राष्ट्रपति, न उप राष्ट्रपति । तिमीलाई जति माया मेरा अरु पहाडी र हिमाली भेगका दाजुभाइले गर्छन् धरोधर्म त्यो भन्दा कम माया मैले तिमीलाई गरेको छैन । फेरी किन यो देशका फोहरी मानिसहरु जसलाई नेता भनिन्छ अनि जो घृणाको राजनीति गर्छन् ? तिनको चेपुवामा परेर किन तिमीले मलाई त्यस्तो व्यवहार गर्यौ आमा ? हे नेपाल आमा, जब मैले आमाको गर्भमा बास पाएं त्यो भन्दा पहिले नै मेरो भूगोलको चिनारीको रुपमा तिमी मेरो कहिल्यै नछुट्टिने परिचय बनिसकेकी थियौ । तर आज राजनीतिको क्रुर पञ्जाले मलाई सालनालसहित तिमीबाट अलग्याउन खोज्दै छ ? के म तिम्रो सन्तान हैन ? यो देशको लाजवीहिन नीतिले मेरो सपनाहरुको हत्या गर्दैछ । मेरो सपना थियो नेपाल आमा तिम्रो मुहार उजिल्याउने अनि तिम्रो आजन्म सेवा गर्ने । तर ती मेरा सबै सपनाहरुको भ्रूण हत्या गरिदैंछ । म तिम्रो सहोदर सन्तानलाई आज अर्कै आमा वा अभिभावकलाई पाल्नको लागि दिइँदैंछ । म टुलुटुलु तिम्रो अनुहार हेरेर बसेको छु । तिमी केही त बोल म जस्ता तिमीलाई माया गर्ने सन्तानका लागि ¤ नेपाल आमा तिम्रो काख नै मेरो जीवन हो । अनि तिम्रो मायालु काखबाट पर गएर बाँच्नु मेरालागि मृत्यु समान हो । तिमी किन बुझ्दिनौ आमा ? काल भन्दा पनि क्रुर र निर्दयी छ यो विवेकहीन राजनीति ? कालले बरु दया गर्ला तर यी निर्लज्ज नेताहरु र यो देशका तथाकथित भाग्य विधाताहरुले दया गर्दैनन् हामी माथि । आज मधेश रोइरहेको छ, मधेशका पनि थुप्रै सपुतहरु मरे, मधेशका पनि महिलाहरु बिधवा भए, प्रहरी मारिए, बच्चा मारिए । आज मधेश तिनै सिउँदो उजाडिएका बिधवा जस्ता रगँहीन र उदास छ । नेपाल आमा के ती तिम्रा सन्तान हैनन् ? यदि ती पनि तिम्रा सन्तान हुन भने किन यत्रो विभेद यिनीहरुसँग ? आखिर यिनले अरुलाई जस्तै आफुहरुसँग पनि समान व्यवहार गरियोस् अनि राज्य संयन्त्रको प्रत्येक इकाइमा आफ्नो पनि पहुँच होस् भन्ने । के अधिकार माग्नु यो देशमा अपराध हो र आमा ? हामीलाई अरु उँभो लागेकोमा ईष्र्या छैन तर हामी पनि उँभो लाग्न र देशको विकास गर्न चाहन्छौं । के हाम्रो रहर र सपना सबै गलत हुन् र नेपाल आमा ? हे नेपाल आमा तिमी त जाडो लाग्दा घाम र गर्मी हुंदा छाँया बनेर सधैं मेरो साथमा थियौ । फेरि किन आज मलाई विभाजनको घाममा पोल्न एक्लै छाडिदिएकी छौं ? के म तिम्रो सन्तान हैन ? यदि म तिम्रो आफ्नै सन्तान हुँ भने मलाई आफुबाट न अलग्याऔ । मलाई जन्माउंदा पनि त तिमलाई त्यतिकै व्यथा लागेको होला जति अरु भेगका तिम्रा सन्तानलाई जन्माउन । म पनि तिम्रै कोखाको घाउ हुँ । मलाई तिम्रै छाँयामा तिम्रो माया पाएर हुर्किनु छ

WATCH MORE VIDEOS
Loading...