Latest Updates :

पहिरोमा घाइते महिलालाई उपचार गर्न काठमाडौं लगियो, सबै खर्च सरकारले व्यहोर्न।

SHARE THIS POST :
२० भदौ, ताप्लेजुङ । शुक्रबार रातिको पहिरोमा परी घाइते भएकी ताप्लेजुङ नगरपालिका ८ निवासी ५२ वर्षीया कृष्ण कुमारी पालुङ्वालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

गम्भीर घाइते पालङ्वाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सोमबार विहान काठमाडौं पठाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।
शुक्रबार राति गएको पहिरोमा कृष्ण कुमारीकी दिदी दिलकुमारी पालुङवाको मृत्यु भएको थियो भने कृष्ण कुमारीलाई घाइते अबस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो ।
सो पहिरोमा परी चार जनाले ज्यान गुमाएका छन् भने सयौं विस्थापित भएका छन् ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger