प्रामादेशिक संरचनामा गएको नेकपा एमालेले सातवटै मिटीलाई तत्काल बैठक बसेर प्रदेश कार्यालयहरु सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यवाहक अध्यक्ष वामदेव गौप्रदेश कतमल
सातैप्रदेशका संयोजक र सहसंयोजकको बैठक राखेर यस्तो निर्देशन दिएका हुन् ।एमालेका सातै प्रदेश
कमिटीको बैठक यसै साता आ-आफ्ना क्षेत्रमा बस्ने र पायक पर्ने तथा पार्टीको साधन स्रोत भएका ठाउँमा
कार्यालय सञ्चालन हुने संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।कार्यवाहक अध्यक्ष गौतमले पार्टीका प्रादेशिक कार्यालय खोल्दा सकेसम्म भोलि प्रदेशको राजधानी हुन सक्ने ठाउँ छान्न सुझाव दिएका छन् । तर, हाल अञ्चल कमिटीका कार्यालय रहेका ठाउँमध्येबाटै प्रदेश कार्यालय बस्ने सम्भावना छ ।प्रदेश कार्यालय खोल्ने अधिकार एमालेले सम्बन्धित प्रदेश कमिटीहरुलाई नै दिएको ४ नम्बर प्रदेशका संयोजक किरण गुरुङले बताए । ‘अब तत्कालै बैठक बसेर प्रदेश कार्यालयहरु खोल्नेछौं, सकेसम्म भोलिका प्रदेश केन्द्रमै कार्यालय रहनेछन्,’ उनले भने ।
कुन प्रदेशको कार्यालय कहाँ ?एमाले स्रोतका अनुसार १ नम्बर प्रदेशको कार्यालय बिराटनगरमा रहने सम्भावना बढी छ । हालको कोशी अञ्चल कार्यालय भवन त्यहीँ रहेका कारण पनि इटहरी वा धनकुटाको साटो बिराटनगरमै प्रदेश कमिटीको मुख्यालय रहन सक्ने पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए ।त्यस्तै २ नम्बर प्रदेशको कार्यालय जनकपुरमा रहने पोलिटब्यूरो सदस्य शत्रुघ्न महतोले बताए । प्रदेशको केन्द्रभाग जनकपुर नै रहेको र पार्टीको अञ्चल कार्यालय पनि सोही ठाउँमा रहेकाले जनकपुरको विकल्प नरहेको उनले बताए ।त्यस्तै ३ नम्बर प्रदेश कार्यालय हालको वामगती अञ्चल कार्यालय रहेको काठमाडौंमै हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए । अहिले सबैलाई पायक पर्ने भएकाले काठमाडौंको विकल्प नसोचिएको उनले बताए ।
त्यस्तै ४ नम्बर प्रदेशको कार्यालय पोखरामा रहनेमा कुनै विवाद नरहेको प्रदेश संयोजक किरण गुरुङले बताए । प्रदेशको सम्भावित राजधानी पनि पोखरा नै रहेकाले हालको गण्डकी अञ्चल कार्यालयमै प्रदेश कार्यालय रहने उनले बताए ।दाङ, बुटवल र नेपालगञ्ज जस्ता शहर रहेको ५ नम्बर प्रदेशको कार्यालय कहाँ हुने भन्ने टुंगो लागिनसकेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए । व्यवस्थित कार्यालय र भौतिक संरचना तथा केन्द्रका हिसाबले पनि बुटवलमै प्रदेश कार्यालय रहने सम्भावना बढी रहेको उनले बताए ।
त्यस्तै ६ नम्बर प्रदेशको राजधानी रहने भनिएको सुर्खेतमै एमालेको प्रदेश कमिटीको कार्यालय रहने प्रदेश सहसंयोजक यमलाल कँडेलले बताए ।सात नम्बर प्रदेशको कार्यालय भने कैलालीको अत्तरियामा राख्ने बारे छलफल भएको प्रदेश सहसंयोजक कर्णवहादुर थापाले बताए ।
अञ्चल कार्यालयको सम्पति के गर्ने ?हिजोका अञ्चलहरुमध्ये कतिपय दुई वा त्योभन्दा बढी प्रदेशमा बाँडिएकाले त्यहाँको पार्टी कार्यालय लगायत चल-अचल सम्पत्ति के गर्ने भन्ने विवाद एमालेमा उत्पन्न भएको छ ।विगतमा एउटै अञ्चल कमिटीमा रहेका जिल्लाहरु अहिले प्रदेश कमिटी बन्दा बाँडिएका छन् । अञ्चल कार्यालय भवन, जग्गा लगायत भौतिक सम्पत्तिमा ती जिल्लाको पनि हक लाग्ने भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने गुरुङले बताए एमालेका प्रायः अञ्चल कमिटीका आफ्नै जग्गा, भवन र भौतिक तथा नगद सम्पत्ति रहेका छन् । अलग प्रदेशमा परेका कमिटीहरुले त्यसमा स्वामित्व दावी गर्ने भएकाले त्यसको टुंगो केन्द्रीय कमिटीले लगाउने भएको छ ।प्रदेश कमिटीका नेतालाई काठमाडौं छाड्न निर्देशन
यसैबीच एमालेका कार्यवाहक अध्यक्ष गौतमले प्रदेश कमिटीका संयोजक सहसंयोजक सहितका सदस्यहरुलाई तुरुन्त काठमाडौं छाड्न निर्देशन दिएका छन् । सांसद भएकाहरु बाहेक अरुले प्रदेशमै रहेर काम गर्नुपर्ने गौतमको आदेश छ ।आशन्न तीनवटा चुनावमा एमाले पहिलो हुनुपर्ने भन्दै गौतमले तत्काल आ-आफ्नो कार्यक्षेत्रमा फर्किएर बैठक, भेला तथा सभाहरु आयोजना गर्न निर्देशन दिएको गुरुङले बताए ।
प्रदेश कमिटी सञ्चालनको कार्यविधि विगतको अञ्चल कमिटीकै ढंगले हुने र अन्चल समन्वय कमिटीले गर्ने काम प्रदेश कमिटीले गर्ने उनले बताए । कार्यालय सञ्चालनमा आर्थिक समस्या परे पार्टी केन्द्रले अनुदान दिनेसमेत गौतमले बताएका छन् ।
Loading...
