निजी क्षेत्रबाट शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजीकरणको पञ्जाबाट फुत्काएर राज्यको दायित्वमा ल्याउने योजना गगनले ल्याउन सक्छन् ? त्यसका लागि कांग्रेस तयार हुन्छ ?
भाद्र १८, २०७३- गगन थापा मन्त्री हुनु कुनै अस्वाभाविक परिघटना होइन, नत उनी स्वास्थ्यमन्त्री हुनुमा कुनै आश्चर्य छ । तैपनि चर्चा चल्यो– ‘जुनियर’ नेता एकैपटक फुल–मन्त्री ? भाषण गरेजस्तो काम गर्नसक्ने होइन क्यारे † डा. केसीको पक्षपोषण गर्थे, अब हेरौं के गर्दारहेछन् † उनले पनि प्रधानमन्त्री प्रचण्डकै शैलीमा सय दिनमा ठोस कार्ययोजना ल्याउन कर्मचारीतन्त्रलाई निर्देशन दिए । उनले कति गर्न सक्छन् ? यो गर्ने भनेको के हो ? कसका लागि हो ? यावत प्रश्नहरू आफ्ना ठाउँमा छन् । यो लेख गगनका निम्ति शंकाको लाभ पुष्टि गर्न लेखिँदै छैन । बरु गगनजस्ता नेता जन्माउने संरचना के हो, त्यस्तो संरचनाले जन्माउने नेताका सीमा के हुन्, त्यसबारे यहाँ छलफल गरिनेछ । यो छलफलले स्वत: माथिका प्रश्न उब्जाउने मनोविज्ञान र जवाफको खोजी गर्नेछ ।
गगनहरू जन्माउने कारखानाको नाम हो– नेपाली कांग्रेस । प्रदीप गिरीका शब्दमा कांग्रेस दुई किसिमका मानिसहरूले जन्माएका थिए । एकथरी बी र सी ग्रेडका झारिएका रुष्ट राणाहरू थिए, जसको नेतृत्व सुवर्ण शमशेरले गर्थे । अर्कोथरी राणा शासनबाट आजित बन्दै गएका जमिनदार र राणाशासककै कर्मचारीका विद्रोही सन्तान थिए, जो बनारस, कलकत्ताजस्ता सहरमा बसेर पढेका थिए । मातृका र बीपी कोइराला लगायत यसमा पर्थे । दुवै थरीको साझा उद्देश्य थियो, राणाशासन ढाल्ने । भारत स्वतन्त्र हुनु भनेको अंग्रेजको ताबेदारीमा टिकेको राणाशासन स्वत: कमजोर हुनु हो भन्ने बुझेका यी विद्रोही युवाहरू आफैं पनि भारतीय स्वतन्त्रता संग्राममा होमिएका थिए ।
२०१५ सालको आमचुनावसम्म आइपुग्दा नेपाली कांग्रेस देशव्यापी संगठन भएको सबैभन्दा ठूलो राजनीतिक शक्ति भैसकेको थियो । सात सालको क्रान्तिपछि बल्ल नेपालका गाउँ छिरेको कांग्रेसलाई बलियो बनाउन बीपीले चुनावअघि देश दौडाहा नै गरेका थिए । उक्त चुनावमा दुई तिहाइ सिट जितेको कांग्रेसमा त्यसबखतका टाठाबाठा र गाउँका मुखियाहरू धेरैजसो लागे । यी तिनै मुखियाहरू थिए, जो त्यसअघि राणाशासकका बफादार हुने गर्थे । त्यसैले बीपी कोइरालाको सरकार अपदस्थ गरेर महेन्द्रले ०१७ सालको कू गर्दा कुनै विद्रोह उठेन, बरु रातारात टाठाबाठाहरू सबै राजातिर लागे ।
पञ्चायतकालभरि धेरथोर जति राजनीतिक प्रतिरोध कांग्रेसले गर्यो, त्यो खासगरी मधेसतिर केन्द्रित थियो । यसो किन भयो भने कांग्रेस जन्माउने विद्रोही जमिनदार र जिमदारहरू खासगरी मधेसकै थिए । २०१७ सालपछि कांग्रेसबाट क्रमश: विद्रोही राणा फ्याक्टर पलायन भयो । बाँकी रह्यो पढेलेखेको युवा जमात र जमिनदार तथा जिमदारका (मधेसी/पहाडी) खलक । क्रमश: मध्यम वर्गमा परिणत भइरहेको तर सामन्ती परम्पराको बिँडो पनि धानिरहेको यही वर्गले कांग्रेसलाई बचाएर राख्यो । जन्मकालदेखि नै कांग्रेसले संवैधानिक राजतन्त्रलाई मुख्य राजनीतिक लाइन
बनाएको थियो । त्यसो त तत्कालीन नेपाल उपत्यकाभित्र जन्मेको प्रजापरिषदबाट जो कांग्रेस बनाउन पुगे, ती पनि राणाशासनकै रसबसमा हुर्केको तर विद्रोही युवा थिए । त्यसैले राजतन्त्र बिनाको प्रजातन्त्र उनीहरूले कल्पना गर्नसक्ने कुरो थिएन ।
२०४६ सालको परिवर्तनपछि कांग्रेसले नेपालको राजनीतिमा बलियोगरी पुनरागमन गर्यो । त्यतिन्जेलमा गणतन्त्रको नारा लगाउन थालिसकेका कम्युनिष्टहरूसँग कांग्रेसले संयुक्त मोर्चा बनाएर पञ्चायतसँग लडेको थियो । इतिहासमा यो पहिलोपटक थियो, जब शत्रुतापूर्ण सम्बन्ध भएका कांग्रेस र कम्युनिष्टहरू एकठाउँमा उभिए । यतिबेला पनि कांग्रेससँग संवैधानिक राजतन्त्रकै नारा थियो र आर्थिक कार्यक्रमको हिसाबले ऊ नवउदारवाद (बजार अर्थतन्त्र) तिर लहसिसकेको थियो । यो स्वाभाविक किन थियो भने कांग्रेसमा पुराना जमिनदार र जिमदारकै नयाँ पुस्ता नेतृत्वमा थियो र तिनीहरू क्रमश: मध्यम वर्गमा परिणत भैसकेका थिए ।
गगनहरूको आगमन दोस्रो जनआन्दोलनपछि मात्र हुनुको पछाडि ऐतिहासिक कारण छन् । दोस्रो जनआन्दोलन माओवादीले दस वर्षसम्म चलाएको जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको थियो । शान्ति प्रक्रियामार्फत निशस्त्र राजनीतिको बाटोमा आउन चाहने माओवादी र राजाले खोसेको राजनीतिक रंगमञ्चमा पुन: फर्कन चाहने सातदलीय गठबन्धनले सम्झौता गरेर हात मिलाएपछि नयाँ राजनीतिक प्रक्रिया सुरु हुँदै थियो । माओवादी विलकुल नयाँ प्रकारका नेताहरूको समूहसहित आउँदै थियो । उत्पीडित समुदाय, महिला, दलित र अधिकांश चालिस वर्षभन्दा कम उमेरका युवा नेताहरूको जमात लिएर माओवादी आउनुले राजनीतिमा विशेष अर्थ राख्थ्यो । त्यसमाथि निम्न मध्यम वर्गबाट आएका नेताले समाजको जग नै व्यापक स्तरमा हल्लाउने राजनीतिक आन्दोलन बनाएको यो नेपालको इतिहासमै पहिलो थियो ।
यही पृष्ठभूमिमा कांग्रेसमा गगनहरूले पहिलोपटक गणतन्त्रको खुल्ला अभियान चलाए । नरहरि आचार्यको नेतृत्वमा चलेको यो अभियानले कांग्रेसभित्र इतिहासमै पहिलोपटक वैचारिक हिसाबले जमिनदार/जिमदारवाला राजनीतिक एजेन्डालाई क्रमश: कमजोर बनाइदियो । दोस्रो जनआन्दोलनकै नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालासँग गगनले आँखा जुधाएको घटना कांग्रेसमा निम्न मध्यम वर्गको गणतन्त्र चेतको उपज थियो । संविधान बन्दै गर्दा सभासद भैसकेका गगनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा मत राखे । जन्मकालदेखिकै नेतृत्व र विचार हावी भएको कांग्रेसमा विशुद्ध संसद्वाद मुख्य एजेन्डाका रूपमा रहनु अनौठो थिएन/भएन ।
केही फरक राजनीतिक तत्वले नै गगनलाई कांग्रेसभित्र आफ्नै ‘स्पेस’ बनाउन मद्दत गरेको पक्कै हो, तर फेरि पनि गगन जन्माउने संरचना कांग्रेस नै हो । आजको कांग्रेस सात सालको विरासतबाट प्राप्त संसदीय प्रजातन्त्रको मोडललाई पुनरावलोकन गर्नसमेत तयार छैन । आर्थिक नीतिको दृष्टिबाट ऊ नवउदारवादलाई नै पहिलो र अन्तिम विकल्प देख्छ । समाजवाद गफ गर्ने टोकन सिवाय कांग्रेसका लागि केही होइन, प्रजातन्त्र उसका लागि अहिले पनि केही नवनिर्मित ‘राजा’हरूको विर्ता नै हो । रामशरण महतको वरद्बाहुलीबाट कांग्रेसले विदेशी दाता एजेन्सीहरूको र खासगरी विश्व बैंकको बर्चस्व बजेट निर्माणमै कायम गरेको छ ।
विश्व बैंककै एजेन्डा अनुरूप निजीकरण गरिएका उद्योगहरू किन चल्न सकेनन् र व्यापक स्तरमा अराजक बजारलाई अर्थतन्त्र जिम्मा लगाउँदा पनि महतको नवउदारवादले किन पुँजी निर्माण गर्न सकेन भन्ने बारेमा कांग्रेसमा बहस चल्दैन । संवैधानिक राजतन्त्रलाई राजनीतिक भाषामा प्रजातन्त्र भनिएको थियो, गणतन्त्रपछिको शासन व्यवस्थालाई लोकतन्त्र भन्ने शब्द प्रयोग हुने गरेको छ । तर लोकतन्त्रको परिभाषामा आम जनताका के कस्ता आकांक्षा सम्बोधन गर्ने लिखित वाचा गरिएको थियो, ती सबै भुल्न धेरै ‘वयोवृद्ध’ कांग्रेसी नेताहरू बिर्सने–योग गरिरहेका छन् । शिक्षा र स्वास्थ्यजस्ता गम्भीर जनसरोकारका विषयलाई बजारको व्यापार बनाउने मामलामा कांग्रेसको योगदान कम छैन । तैपनि संविधानमा समाजवाद भन्ने शब्द लेख्नचाहिँ ऊ रमाइलै मान्छ ।

Loading...