Latest Updates :

मन्त्रीसामू ‘सरकारी’ सिटामोल उत्पादन (फोटो फिचर)

SHARE THIS POST :
१० असोज, काठमाडौं । सरकारी उद्योगहरु पुनः सुचारु गर्ने अभियानमा लागेका उद्योगमन्त्री नविन्द्रराज जोशीले सोमबार नेपाल औषधि लिमिटेडको स्थलगत निरीक्षण गरेका छन् । ६ वर्षदेखि बन्द औषधि उद्योगको मेसिन चलाएर कर्मचारीहरुले मन्त्री जोशीकै सामू औषधि उत्पादन गरेर देखाए।

राजनीतिक हस्तक्षेपका कारण नेपाल औषधि लिमिटेड २०६७ सालदेखि बन्द भएको थियो । असोज २ गतेको मन्त्रिपरिषदको बैठकले उद्योग सञ्चालनका लागि १५ लाख ६५ हजार ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।उद्योग खुलाउन आवश्यक रकमको जोहो गरेपछि उद्योगमन्त्री जोशी सोमबार मेसिनको अवस्थाबारे बुझ्न पुगेका थिए । औषधि उद्योगको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री जोशीले भवन तथा मेसिनलाई सामान्य अपग्रेड गर्दै तत्काल आठ प्रकारका औषधि उत्पादन गर्न सक्ने जानकारी दिए ।
नेपाल औषधि लिमिडेटका पूर्वप्रमुख राजेन्द्र तुलाधरले मन्त्री जोशीसामू कच्चा पदार्थ ल्याइदिए केहि दिनमै सिटामोलसहित अत्यावश्यक औषधि उत्पादन गर्न कुनै समस्या नरहेको बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डमा जान पनि कम्पनीलाई कुनै समस्या छैन,’ तुलाधरले भने, ‘उद्योग सञ्चालन गर्दै मापदण्ड पूरा गर्न पनि मिल्छ ।’सिटामोल, जीवनजल, आइरन चक्की, एम्जिट, नेमोक्सिल, कफहिष्ट, कपनाश र आरडीजेड औषधि उत्पादन गर्ने मेसिनमा कुनै खराबी नरहेको तुलाधरले बताए ।
 तुलाधरले मन्त्री जोशीलाई उद्योगमा रहेको सबै मेसिनबाट औषधि उत्पादन गरेर समेत देखाएका छन् ।‘उद्योग सञ्चालन गर्दै एक वर्षभित्र सबै मापदण्ड पूरा गर्न सकिन्छ’, तुलाधरले अघि भने, ‘उद्योग पुनर्निर्माण तथा फर्मेसनको लागि आवश्यक क्षेत्रफलमा पनि कुनै समस्या छैन ।’
उद्योगसँग १ लाख ८० हजार स्क्यावर फिट क्षेत्रफल छ ।

WATCH MORE VIDEOS

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger