महेन्द्रनगर (धनुषा), भदौ २३। धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हातियार प्रहार गरिएको छ।
इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा गएराति अज्ञात समूहले आक्रमण गरेको हो।
प्रहरीका अनुसार राति करिब १ बजे आधा दर्जनभन्दा बढीको सङ्ख्यामा आएका अज्ञात समूहको आक्रमणमा परी घरमूली आयोधी दास तत्मा, उनकी ५० वर्षीया श्रीमती फूलकुमारी देवी, छोरी १७ वर्षीया प्रमिला र आठ वर्षीया रिंकु धारिलो हतियार प्रहारबाट घाइते भएका छन्।
उनीहरुलाई टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । घाइते चारैजनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।
पीडित परिवारका अनुसार उक्त समूहले घरबाट नगद रु एक लाख र ५० हजार मूल्य बराबरको सुनचाँदीका गरगहना गरी रु एक लाख ५० हजारभन्दा बढीको धनमालसमेत लुटेर लगेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका यदुकोहाले जनाएको छ।
Loading...
