यो बर्ष मात्र ३ वटा सफल चलचित्र दिएका नायक अक्षय कुमार आजबाट ४९ औ बर्षमा प्रवेश गरेका छन् । अक्षय सन् १९६७ सेप्टेम्बर ९ मा अमृतसरमा जन्मिएका हुन् ।
अक्षयको वास्तविक नाम राजिव हरि ओम भाटिया हो । जसले चलचित्र क्षेत्रमा आएपछि नाम परिवर्तन गरेर अक्षय राखेका थिए । बलिउडमा प्रवेश गर्नु अगाडि अक्षयले सेफ र वेटर बनेर काम गरेका थिए । राजिव नाम हटाएर अक्षय बनाउने श्रेय निर्देशक प्रमोद चक्रवर्तीलाई जान्छ । जसले चलचित्र ‘दिदार’को एक दिनको छायांकन पछि राजिवबाट अक्षय राखिदिएका थिए ।
सन् १९९१ मा पहिलो चलचित्र ‘सौगन्ध’ रिलिज भएपछि अक्षयको करिअर फर्किएर हेर्नु परेको छैन । कमेडी, एक्सन, रोमान्टिकदेखि हरेक जनराका चलचित्रमा काम गर्न सफल अक्षय आज विश्वकै धनी कलाकारको सूचीमा समेत पर्छन् ।
यो बर्ष मात्र अक्षय अभिनित ३ चलचित्रले सय करोड माथिको व्यापार गरेपछि उनको चर्चा झनै चुलिएको छ । अक्षय आज बलिउडका सफल नायकमा पर्छन् । रविना टन्डन, शिल्पा सेट्टी, प्रीयंका चोपडा जस्ता नायिकासँग अक्षयको नाम जोडिएको थियो ।

Loading...